ईटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज ईटहरीमा ‘‘हामी आयौ’’ परिर्वनको उद्घोष सभाको थियो । ईटहरी १७ स्थित भाटभटेनी पस्चिम खुला चउरमा आयोजना गरिएको उद्धघोष सभाको माहोल भने फरक देखिएको थियो । अन्य पाटीका आमसभा तथा कार्यक्रमहरुमा युवा जामात देखिन्थ्ये । तर इहटरीको रास्वपाको उद्धघोष सभामा भने प्राय वृद्धवृद्धा आमाबुबाको बाक्लै उपस्थिती देखिन्थ्यो । कार्यक्रम निकै व्यावस्थित रुपमा देखिन्थ्यो सञ्चारकर्मी तथा साउण्ड सिस्टमलाई असर नहुने गरि सबैलाई व्यावस्थित रुपमा राखिएको थियो ।
[caption id="attachment_323797" align="alignnone" width="340"]
default[/caption][caption id="attachment_323798" align="alignnone" width="340"]
default[/caption][caption id="attachment_323799" align="alignnone" width="340"]
default[/caption]



अधिकास वृद्धवृद्धा आमा बुबाहरुलाई अगाडीपटी कुर्सिमा राखिएको थियो भने त्यसको पछिल्लो भागमा युवा तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती देखिन्थ्यो । निलो भेष्ट तथा निलो क्याप टोपीमा सजिएका रास्वपाको भोलेन्र्टसहरुले असक्क्त तथा वृद्धाहरुलाई बस्नको लागि सहज बाताबरण पनि बनाईरहेका थिए । कतिपय दर्शक तथा समर्थकहरु हातमा घन्टी र झण्डा बाकेर घरको छत र बार्दलीबाट समेत कार्यक्रम हेर्न भ्याईरहेका थिए ।
कार्यक्रममा विशेषगरी पार्टीका सभापती रवि लामीछाने र बरिष्ठ नेता तथा पाटीको प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाह प्रमुख वक्ताको रुपमा थिए । तर उनीहरु आउनुभन्दा अगाडी उद्धघोष सभामा पुर्वी जिल्लाका उम्मेदवारहरुको आ आफ्ना बाचा पत्रहरु आम सर्मथक तथा मतदाताहरु सामु राखेका थिए ।
कार्यक्रममा युवा गायक प्रकास सुवेदी र हास्य कलाकार अर्जुन घिमिरे (पाँडे ) ले आ आफ्नो प्रस्तुति समेत दिएका थिए । गायक प्रकाश सपुतले मिठो कवितासँगै गीतहरु गाएर आम दर्शक तथा समर्थकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । उनले आफु समानुपातिकको उम्मेदवार रहेका कारण पनि अबको भोट घन्टीलाई हुनुपर्ने भन्दै आम दर्शकमाझ आफ्ना भनाईहरु राखेका थिए ।






यता कार्यक्रममा सिलाम साक्मा छातिमा सजाएर केहीबेरपछि रवी लामीछाने र बालेनको उपस्थित भईरहँदा हुटिङ र घन्टीले माहोल तातिएको थियो । उनीहरु दुवैलाई थारु कल्चरको गम्छाले टाउकोमा लगाएर स्वागत गरियो भने थारु सास्कृतिक गीतले पनि स्वागत गरिरहँदा रवी र बालेनले पनि बाजा बजाएर साथ दिईरहेका थिए ।