ठगी आरोपमा झापामा एक जना पक्राउ

<span class='c1'>ठगी आरोपमा झापामा</span> <span class='c2'>एक जना पक्राउ</span>

झापा । नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।

उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरी ले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए । जाहेरवालाका अनुसार उनका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई विवाहको शर्तमा कलेज खर्च भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए ।

प्रहरीका अनुसार किशोरीको नाममा पटक पटक रकम मगाएर उक्त पैसा आफूले नै प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । कार्कीविरुद्ध गत मंसिरमै मुद्दा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको करिब तीन महिनापछि उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्