१३३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस : नेपालमा महिलाको राजनीतिक नेतृत्वको उचाई

<span class='c1'>१३३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवस</span> <span class='c2'>: नेपालमा महिलाको राजनीतिक नेतृत्वको उचाई</span>

स्वस्तिका भट्टराई
विराटनगर । आज विश्वभर १३३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवश मनाईदै छ । सबै क्षेत्रमा महिलाको समान अधिकार सुनिस्चितता को कुरा गरिरहदा संबिधानमा उल्लेख कतिपय महिला अधिकारका बुंदाहरु कागजमा मात्र सिमित भएका छन् । आजको समयमा बिगतको समाजमा भन्दा केहि सुधार देखिएको भएता पनि अझै प्रभावकारी र सन्तोषजनक भने पाईएको छैन । बारम्बार महिलाको क्षमतामाथि प्रश्न गर्ने मुखहरु केहि शान्त भए पनि पूर्ण रुपमा चुप हुन सकेका छैनन् । संबिधानमा उल्लेख भएका जति सबै अधिकारहरु अझै पनि महिला सम्म पुग्न सकेका छैनन।

सामाजिक अभियानता मंजिता उपाध्याय भन्छिन, समाजमा महिला लाई हेर्ने दृस्टीकोणमा केहि हदसम्म सुधार भएता पनि अझै पूर्ण रुपमा सुधार हुन सकेको छैन । केहिदिन अघि सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पनि केहि दलहरुमा महिलाको सहभागिता एकदमै न्युन रहेको र यो कुराले पनि समाजको नबदलिएको सोच लाई पुस्टि गर्ने उनको भनाई छ । संबिधानमा लेखिएका कुरालाई देखावटी रुपमा मात्रै पुरा गरेजस्तो देखाउने तर मनदेखि नै यसलाई स्वीकार गरेर आगाडी बढ्न नसकेको उनको भनाई छ ।

तर पछिल्लो समय नेपालको राजनीतिमा आएको आमुल परिवर्तन र प्रधानमन्त्री शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारले जुन धैर्यता र संयमताका साथ तोकेको समयमा निर्वाचन सम्पन्न गरेको छ, यसले पनि सम्पूर्ण महिलाहरुमा आत्मबल बढेको र समाजमा उदाहरण कायम गरेको छ । जसरी महिलाहरुले घरलाई सम्हाल्दै एउटा कम्फर्ट प्लेस बनाउँदै आएका छन्, त्यसरी नै महिलाले अवसर पाए भने जस्तो सुकै जिम्मेवारी पनि पुरा गर्न सक्छन भन्ने संदेश प्रदान गरेको उपाध्याय बताउँछिन् । साथै यस घटना पश्चात महिलाहरुमा आफु पनि कमजोर नभएको र अवसर पाए आफुले पनि केहि गर्न सक्छु भन्ने आत्मबल र आत्मविश्वाश बढेको उनको भनाई छ ।

नेपालमा पहिलो प्रधानन्यायधीश समेत कार्की नै बनेकी थिइन् । त्यस बाहेक गणतन्त्र आइसकेपछि पहिलो महिला सभामुख ओनसरी घर्तीदेखि पहिलो राष्ट्रपति विद्यादेवी भण्डारी यस अगाडी नै बनिसकेका छन् । त्यस बाहेक नेपालमा निजामतितर्फको सबैभन्दा माथिल्लो पद मुख्यसचिव लिलादेवी गड्तौलाले छोटै समय भएपनि कार्यभार सम्हाल्लेका थिए ।
गत भदौ २३ र २४ गतेको जटिल संक्रमणकालिन राजनीतिक व्यवस्थापनका लागि प्रधानमन्त्रीमा अगाडी सारिएकी सुशिला कार्कीले आफ्नो अडान राखेर देशमा निर्वाचन गराउन सफल हुँुनुपनि महिला नेतृत्वको क्षमता प्रष्ट्याउन थप मद्दत गर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्