बालेनसँग आशावादी युवा, भ्रष्टचार हट्छ–सुशासन आउँछ

<span class='c1'>बालेनसँग आशावादी युवा,</span> <span class='c2'>भ्रष्टचार हट्छ–सुशासन आउँछ</span>

स्वस्तिका भट्टराई
विराटनगर । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिमा आमुल परिवर्तन आएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम आउने क्रममा नै रहेता पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाई नजिकको स्थितिमा देखिएको छ । बिक्रम संवत २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरे पछाडी नेपालको राजनैतिक इतिहासमा पहिलो पटक तेस्रो पार्टीले शक्तिशाली सरकार निर्माण गर्ने स्थिति आएको हो ।

नेपाली जनताले भष्ट्राचार रहित र सुशाशन सहितको सरकारको परिकल्पना गरेर आफ्नो अमुल्य मतका साथ प्रत्यक्षतर्फ१२५ सदस्यीय (एकजना अझैसम्म आधिकारिक छैन) पदमा विजयी गराएका छन् ।  विराटनगर बसेर बि.बि.ए. पढ्दै गरेका बिद्यार्थी सुजन धिताल भन्छन, “मैले आफैले भोट दिन नपाए पनि अहिले बन्ने सरकारले जेनजी सहिदको बलिदान खेर जान दिनुहुन्न भन्ने म र मजस्ता युवाले धेरै आशा र विश्वास गरेका छौ ।” उनि देशमा भएको राजनैतिक अस्थिरता हट्ने र स्थिर सरकार बन्ने कुरामा आफु बिश्वस्त रहेको बताउछन् । युवाले एकै कार्यकालमा देशले फड्को मार्ने र देशमा आमुल विकास र परिवर्तन जस्ता तत्काल पुरा हुन नसक्ने कुराको आशा नराखेको उनि बताउछन् । यसपटकको चुनावमा सहभागी हुनुभन्दा पहिला देखिको रास्वपाको प्रदेश खारेज गर्ने एजेन्डा रहेको र यसपटक संबिधान संशोधन गरि पुरा गर्छन भन्ने आशा समेत भएको बताउछन् ।

त्यस्तै अर्की बिद्यार्थी बालेन सरकारलाई बधाई ज्ञापन गर्दै भन्छिन “हामीले एकदमै आशा राखेका छौ । प्रत्येक क्याम्पस र कलेजहरुमा अहिले खुलेर राजनीति भैरहेको छ । बिद्यार्थी संगठनहरु खुला रुपमा चलिरहेका छन् । हामी क्याम्पसहरुबाट राजनीति पूर्ण रुपमा हटोस् भन्ने चाहना राखछौं र देशको विकास संगसंगै शैक्षिक गुणस्तरमाथि उक्सिन्छ भन्ने पनि आशा राखेका छौ ।” अब घर चलाउनकै लागि भनेर युवाहरु खाडी जानुपर्ने आवस्था सिर्जना हुदैन भन्ने कुरामा आफुहरु विश्वस्त रहेको पनि उनि बताउछिन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्रीका उम्मेदवार बनेर झापा ५ बाट विजयी भएका बालेन्द्र शाह (बालेन) प्रति युवाहरुको आशा र विश्वाश गजबै देखिएको छ । देशको राजनैतिक स्थितिमा सुधारका साथ साथै विकाशको गतिले तिब्रता लिने कुरामा सबै विश्वस्त छन् । तर यो आशा ले परिवर्तन ल्याउने छ वा निराशामा परिवर्तन हुन्छ भनेर त समयले नै बताउँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्