झुपडीमा बिपिनसँग दुःख भित्रियो, खर्च नहुँदा परिवारमा पीडा

<span class='c1'>झुपडीमा बिपिनसँग दुःख भित्रियो,</span> <span class='c2'>खर्च नहुँदा परिवारमा पीडा</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–५ बाट बुढीगंगा आएर जीविको चलाइरहेका ४७ वर्षीय बिपिन मण्डल अचानक अस्वस्थ्य भए । विस्तारै शरीरले काम नगरे जस्तो हुँदाहुँदै उनी अहिले बुढीगंगा १ स्थित मिलनचौक पूर्वको आफ्नै झुपडीमा थलिएका छन् ।

हिँडडुल गर्न सकेपनि उनीसँग काम गर्न सक्ने आँट छैन । उपचारका लागि उनी दुईवर्ष यता अस्पताल धाइरहेका छन् । मंगलबार उनीसँगकको कुराकानीमा भने–कसले उपचार गरिदिने र गरिबको ? उनी बिराट टिचिङ हस्पिटलमा उपचारका लागि गए, त्यसपछि नोबेल मेडिकल कलेज पनि पुगे ।

चिकित्सकले उनको मृगौला ड्यामेज भएको बताएका छन् । त्यसका लागि औषधी चलाएका छन् । तर, सिफारिस गरिएको औषधी खरिद गरेर सेवन गर्नका लागि उनीसँग पैसा छैन । थप उपचारको पाटोमा बिपिन जान सकिरहेका छैनन् । उनलाई जान्ने माधव घिमिरेका अनुसार सानो घरबार गरेर परिवार पालिरहेका बिपिन उपचार गराउनसक्ने विकल्पमा छैनन् । त्यसैले उनलाई सहयोग चाहिएको छ । घिमिरेका अनुसार इमान्दार भएपनि बिपिनको घरमा दुःख पसेपछि उनका परिवारको पीडा सहन नसक्ने रहेको सुनाए ।

उपचारका लागि केहि रकम सहयोग भए त्यसले हुने भरथेग परिवारले खोजिरहेको छ । बिपिनकी श्रीमती रिनाकुमारी मण्डलले आफ्ना श्रीमान बिरामी पर्दा घर चलाउन हम्बेहम्बे परेको गुनासो गरेकी छिन् । ‘छैन पैसा उपचार छैन, उपचार छैन त जीवन छैन’ को अवस्थामा पुगेको परिवारले सहयोगका लागि अनुरोध गरेको छ । त्यसका लागि उनीहरुले सम्पर्कसहित बैंक खाता उपलब्ध गराएका छन् ।
मोवाइल नम्बर ः ९८०४०७८५१८
खाता नम्बर ः ००३१५११६९१८
सिदार्थ बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्