डीपीएस विराटनगरद्वारा खेलकुद छात्रवृत्ति कार्यक्रम घोषणा

<span class='c1'>डीपीएस विराटनगरद्वारा खेलकुद</span> <span class='c2'>छात्रवृत्ति कार्यक्रम घोषणा</span>

विराटनगर। दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरले विद्यार्थीहरूको समग्र शिक्षा र खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘डीपीएस स्पोर्ट्स स्कलरशिप प्रोग्राम २०८३’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो।

विद्यालय प्रशासनका अनुसार यो कार्यक्रमले विद्यालय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने तथा उत्कृष्ट प्रशिक्षण प्राप्त गर्ने अवसर प्रदान गर्नेछ। डीपीएस विराटनगरले ‘एक्टिभिटी बेस्ड स्कूल फर होलिस्टिक लर्निङ एन्ड डेभलपमेन्ट’ को अवधारणालाई आत्मसात् गर्दै शैक्षिक गुणस्तरसँगै खेलकुद विकासमा पनि विशेष जोड दिँदै आएको जनाएको छ।

कार्यक्रम अन्तर्गत फुटबल, क्रिकेट, बास्केटबल, स्विमिङ र वुशु गरी पाँच खेल विधामा छात्रवृत्ति प्रदान गरिनेछ। ती खेलहरूमा रुचि र क्षमता भएका १०, १२ र १५ वर्ष मुनिका बालक तथा बालिकाहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।

विद्यालयका फुटबल प्रशिक्षक सुमित डंगौलले खेलाडीहरूलाई अनुभवी प्रशिक्षकहरूको टोलीले सीप मूल्यांकन परीक्षण (ट्रायल) मार्फत छनोट गर्ने जानकारी दिए। परीक्षणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई खेलकुदमा आधारित छात्रवृत्ति प्रदान गरिनेछ।

छात्रवृत्तिको मुख्य आकर्षणका रूपमा योग्य खेलाडीहरूलाई १०० प्रतिशतसम्म खेलकुद छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ। साथै छनोट भएका खेलाडीहरूले अनुभवी प्रशिक्षकहरूको निगरानीमा प्रशिक्षण पाउने, विद्यालयको उत्कृष्ट खेलकुद सुविधाहरू प्रयोग गर्न पाउने तथा विभिन्न प्रतियोगिताहरूमा डीपीएस विराटनगरको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।

विद्यालयका प्राचार्यले कार्यक्रममा बोल्दै विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद प्रतिभा निखार्न विद्यालय प्रतिबद्ध रहेको बताए। उनका अनुसार यो कार्यक्रमले खेललाई सिकाइको महत्वपूर्ण माध्यम बनाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अभिभावकहरूले थप जानकारी र दर्ताका लागि ९८०४०५०४६७, ९८६३१९६५४५, ९८२०७५००८१ र ९८२०७५६६०० नम्बरमा सम्पर्क गर्न सक्ने विद्यालयले जनाएको छ।

डीपीएस विराटनगरले ल्याएको यो कार्यक्रमले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा निखार्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्