विराटनगरमा अनिल–मीन ट्रफी क्रिकेट हुँदै

<span class='c1'>विराटनगरमा अनिल–मीन ट्रफी</span> <span class='c2'>क्रिकेट हुँदै</span>

विराटनगर । विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा हुन लागेको प्रतियोगितामा मोरङ र सुनसरीका दुई टीम सहभागि हुने छन् । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशी प्रदेशको क्रिकेट विकासका लागि प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ ।

फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले यो प्रतियोगिताले खेलाडीहरूमा थप हौसला प्रदान हुने उल्लेख गरे । कोशी प्रदेशको क्रिकेट विकासका लागि फाउण्डेशनले विभिन्न गतिविधि गरिरहेको उनले बताए ।

मोरङका अनिल श्रेष्ठ र सुनसरीका मीन दाहाल पूर्व क्रिकेट खेलाडी भएको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको सम्मानका लागि प्रतियोगिता गर्न लागिएको उनले जानकारी दिए ।

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित पाण्डेका अनुसार अनिल र मीन केही दशक अगाडिका बहुचर्चित क्रिकेट खेलाडी हुन् । यस प्रतियोगितालाई प्रदेश क्रिकेट सँघका प्राविध सहयोग रहने उनले बताए ।

५० ओभरमा हुने खेलमा ‘वेष्ट अफ थ्री’ का आधारमा विजेता घोषित गरिने मोरङ क्रिकेट संघका अध्यक्ष मोहम्मद सादबाबुले बताए । यो प्रतियोगिताबाट कोशी प्रदेशको क्रिकेट थप उचाइमा पुग्ने विश्वास लिइएको उनको भनाइ छ । प्रतियोगितामा मोरङ र सुनसरीका सिनियर तथा जुनियर खेलाडीहरू सहभागि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्