यो वर्षका आठ महिनामा क्षयरोगले मात्रै मोरङमा ३५ जनाको निधन

<span class='c1'>यो वर्षका आठ महिनामा क्षयरोगले</span> <span class='c2'>मात्रै मोरङमा ३५ जनाको निधन</span>

विराटनगर । मोरङमा चालु आर्थिक वर्षको आठ महिनामै ३५ जनाको मृत्यु क्षयरोगबाट भएको छ । स्वास्थ्य कार्यालय मोरङले सार्वजानिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन आर्थिक वर्षमा क्षयरोगका कारण मृत्यु हुनेको संख्या १०५ जना रहेका छन् ।

विश्व क्षयरोग दिवसलाई लक्षित गर्दै सोमबार स्वास्थ्य कार्यालय मोरङ र बागमती सेवा समाजले संयुक्त रुपमा पत्रकारसँग क्षयरोगको अवस्था बारेमा जानकारी गराएको थियो । स्वास्थ्य कार्यलय मोरडका क्षयरोग तथा कुष्ठरोग अधिकृत मुलकचन्द राजवंशीका अनुसार पछिल्लो समयको तथ्यांक अनुसार अहिले पनि क्षयरोग लुकाएर राखिएको रोग मानिएको छ । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२÷२०८३ को फागुनसम्म ३५ जना, २०८१÷०८२ मा ४० जना र आर्थिक वर्ष २०८०÷८१ मा ३० जनाको निधन भएको छ ।

अहिलेसम्मको तथ्यांकमा सक्रिय उमेर समूहका नागरिकको मृत्यु भएको छ । जुन १५ देखि ४९ वर्ष उमेरका धेरै संख्यामा मृत्यु हुनेमा पर्दछन् । आर्थिक वर्ष २०८०÷८१ मा १ हजार १५० जना संक्रमित रहेकोमा गत आर्थिक वर्ष २०८१÷८२ मा यो संख्या बढेर १ हजार २२२ पुगेको थियो । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा मात्रै ९०९ जना नयाँ संक्रमितको पहिचान भइसकेको छ । यो संक्रमणको दर चुनौतीपूर्ण मानिएको छ । जिल्लाका सुन्दरहरैंचा, पथरीशनिश्चरे र उर्लाबारी क्षेत्रमा क्षयरोगका संक्रमितको संख्या बढी देखिदैं आएको छ ।

यसको जोखिम कम गर्नका लागि मोरङका १७ वटै स्थानीय तहका १२३ वटा केन्द्रहरूबाट प्रत्यक्ष निगरानीमा निःशुल्क औषधि सेवन (डट्स) सेवा सञ्चालन भइरहेको जानकारी दिइएको छ । बागमती सेवा समाज मोरङका परियोजना संयोजक रामप्रवेशकुमार महतोले सरकारी स्वास्थ्य संस्थाहरूमा क्षयरोगको उपचार र औषधि पूर्ण रूपमा निःशुल्क रहेको स्पष्ट पारे ।
उनले चिकित्सकले तोकेको समयसम्म नियमित औषधि नलिदा रोग झन् गम्भीर हुने र समुदायमा संक्रमण फैलने जोखिम रहने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्