बिराटनगर। कोशी प्रदेश स्काउट कार्यालयको आयोजना तथा स्थानीय स्काउट कार्यालय, विराटनगरको व्यवस्थापनमा मिति २०८२ साल चैत १३ र १४ गते “एड्भान्स भेला एवं उडव्याज रियुनियन २०८२” भव्यताका साथ सम्पन्न भएको छ।
उद्घाटन समारोहमा विराटनगर महानगरपालिका उपप्रमुख एवं स्थानीय प्रमुख स्काउट श्री शिल्पा निराला कार्की ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा राष्ट्रिय शैक्षिक पद्धति आयुक्त श्री भुवन सुव्वाज्यू, राष्ट्रिय सुशासन, स्रोत विकास एवं वित्त आयुक्त श्री अरुण बस्नेतज्यू, राष्ट्रिय परिषद सदस्यज्यूहरू, प्रदेश कार्यकारी समिति सदस्यज्यूहरू, राष्ट्रिय प्रशिक्षकज्यूहरू, प्रदेश परिषद सदस्यज्यूहरू, स्थानीय प्रमुख आयुक्तज्यूहरू, सहायक राष्ट्रिय प्रशिक्षकज्यूहरू तथा एड्भान्स एवं उडव्याज लिडरज्यूहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


उक्त कार्यक्रममा कोशी प्रदेशमा सक्रिय स्काउट लिडरहरूबीच अनुभव आदानप्रदान गर्नुका साथै तालीम पद्धतिसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशभरिका ७० भन्दा बढी सक्रिय स्काउट लिडरहरूको सहभागिता रहेको थियो।