ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

<span class='c1'>ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री</span> <span class='c2'>र गृहमन्त्रीको छानविनको माग</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज पनि आन्दोलन जारी छ ।

आइतबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् । माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने बताए । पदर्शनमा पुगेका एक कार्यकर्ताले भने, ‘यही हिसाबले यो सरकार अगाडि जान्छ भने एमाले मात्र होइन, नेपाली कांग्रेस पनि यो आन्दोलनमा सहभागी हुन्छ । कार्की आयोगको प्रतिवेदनमा जेनजी आन्दोलनलाई उकासी सरकारी संरचना जलाएर राज्य ध्वस्त बनाएकाहरु गृहमन्त्री र प्रधानमन्त्री भएका छ्न् । उहाहरुको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्छ भन्ने माग हो।’ ओलीलाई रिहाइ गर्नुपर्ने माग गर्दै एमालेले आज ७७ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्