विराटनगरमा ओलीको रिहाइको माग प्रदर्शन, प्रधानमन्त्री बालेनलाई पठाए विरोधपत्र

<span class='c1'>विराटनगरमा ओलीको रिहाइको माग प्रदर्शन,</span> <span class='c2'>प्रधानमन्त्री बालेनलाई पठाए विरोधपत्र</span>

विराटनगर । नेकपा एमाले मोरङले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै विराटनगरमा मोटरसाईकल ¥याली प्रदर्शन सहित सरकारलाई विरोध पत्र बुझाएका छन् ।


नवगठित सरकारले पूर्वप्रधानमन्त्री ओलीलाई राजनितिक प्रतिशोध साधेर शनिबार बिहान नियन्त्रणमा लिइएको भन्दै एमालेले देशव्यापी प्रदर्शन गरिरहेको छ । यसैक्रममा आईतबार दिउसो नेकपा एमाले मोरङले पाटी कार्यलय पञ्चालीबाट निस्कीएको मोटरसाईकल ¥याली जिल्ला प्रशासन कार्यलयमा पुगेर केहीबेर नाराबाजी गरेका थिए । नाराबाजीपछि प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई विरोध पत्र बुझाएका हुन् ।


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई शनिबार बिहान सबेरै नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई जेनजी आन्दोलनको क्रममा दमन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।


ओलीको पक्राउ ‘गैरकानुनी र पूर्वाग्रही कदम’ भएको बताउँदै पार्टीले सरकारलाई प्रत्यक्ष सन्देश दिने उद्देश्यले विरोधपत्र बुझाएको नेकपा एमाले मोरङका कार्यवहाक अध्यक्ष सागर थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्