सट्टेबाजी एप र वेबसाइटमा पूर्ण प्रतिबन्ध, चलाए जेल सजाय हुने

<span class='c1'>सट्टेबाजी एप र वेबसाइटमा पूर्ण</span> <span class='c2'>प्रतिबन्ध, चलाए जेल सजाय हुने</span>

काठमाडौँ । सरकारले सबैखाले सट्टेबाजी एप र वेबसाइटहरू बन्द गराएको छ । मन्त्रिपरिषद्को शासकीय सुधार सम्बन्धी १०० कार्यसूची को मर्मअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा हालसम्म पहिचान भएका सबै सट्टेबाजी साइट र एपहरू बन्द गराइसकेको छ । मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरका अनुसार मुलुकी अपराध संहिता, २०७४ र विज्ञापन ९नियमन गर्ने० ऐन विपरित सट्टेबाजी गर्नु, गराउनु वा यस्ता कार्यलाई प्रोत्साहन गर्ने गरी विज्ञापन गर्नु गैरकानुनी हो ।

कानुनी प्रावधान अनुसार सट्टेबाजीमा संलग्न हुनेको बिगो जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

मन्त्रालयले कसैलाई पनि अनाधिकृत रूपमा सट्टेबाजी एप र वेबसाइट प्रयोग नगर्न चेतावनी दिएको छ। यदि कतै यस्ता गतिविधि भइरहेको थाहा पाएमा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेलाई सम्पर्क गरी जानकारी गराउन समेत मन्त्रालयले सर्वसाधारणमा अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्