संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर सशक्त पहल गर्छौं : खड्का

<span class='c1'>संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर</span> <span class='c2'>सशक्त पहल गर्छौं : खड्का</span>

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर पनि सशक्त पहल गर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै उनले विगतमा संशोधनको प्रयास सफल हुन नसकेको स्मरण गर्दै उनले अब भने स्पष्ट विचार, मूल्य–मान्यता र सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने धारणा राखे। उनले भने,‘संविधान संशोधनको कुराहरु अहिले अगाडि आउँदै छ । हामीले संशोधनको प्रयास गर्दा सकेनौँ । यसमा हाम्रो विचार मूल्य मान्यता र सिद्धान्तमा हाम्रो स्वाभिमान र संविधानको मुलभूत ऐन कानुन जुन नेपाली जनतालाई सार्वभौम बनाउन र अधिकार सम्पन्न बनाउने विषयमा केन्द्रीत छन् । ती आधारभूत कुरामा हामीले सम्झौतानगरी संविधान संशोधनको प्रकृया अगाडि बढाउँदा संसद भित्र र बाहिर रहेर यो अभियानमा जोडिने छौं ।’

खड्का संविधानका मूलभूत सिद्धान्तहरू नेपाली जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउने प्रावधानहरूकुनै पनि अवस्थामा सम्झौता नगरी संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले पार्टीको इतिहास, आदर्श र राष्ट्र तथा जनताको हितलाई केन्द्रमा राखेर संसदमा अभिव्यक्ति राख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्