ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीमाथि छानविनको माग

<span class='c1'>ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री</span> <span class='c2'>र गृहमन्त्रीमाथि छानविनको माग</span>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध आज(सोमबार)पनि आन्दोलन जारी छ ।

सोमबार एमालेका नेता तथा कार्यकर्ताहरु माइतीघरमा जम्मा भई सरकारविरुद्ध पदर्शन गरिरहेका छन् । उनीहरुले अध्यक्ष ओलीको रिहाइको माग गर्दै आन्दोलन गरेका हुन् । माइतीघरमा जम्मा भएका एमालेका कार्यकर्ताहरुले प्रतिसोधको आधारमा ओलीलाई पक्राउ गरेको बताएका छन् । आन्दोलनमा सहभागि नेता कर्ण थापाले एमालेप्रति प्रतिसोध साँध्ने सरकार आएको भन्दै जनताले दिएको जनमतको दुरुपयोग भएको धारणा राखे ।

उनले भने,‘हाम्रा नेता वा पार्टीलाई प्रतिसोध साँध्ने सरकार आयो । यो सरकार विधिको शासन मान्ने कुरा र सुशासनको कुरा गरेर जनताले साथ दिए तर जनताले मत पाएपछि जे गरेपनि हुन्छ भन्ने सोच पलाएको देखिन्छ ।’ सरकारी संरचना ध्वस्त बनाउन र जेनजीलाई उकासेको भन्दै नवनिर्वाचित गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको पनि निश्पक्षरुपमा छानविन गर्नुपर्ने सहभागीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्