हवाई इन्धन मूल्य वृद्धि, नयाँ भाडा दर समायोजन

<span class='c1'>हवाई इन्धन मूल्य वृद्धि,</span> <span class='c2'>नयाँ भाडा दर समायोजन</span>

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।


निगमले २०६२/१२/१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेको छ । हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन् । संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार, हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ । साथै, यस मूल्य वृद्धिले सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति संघले क्षमा याचना गरेको छ ।

यात्रुहरूले नयाँ हवाई भाडा दर लागू हुने विवरण आफ्ना उडानको टिकट बुकिङ वा एयरलाइन वेबसाइटमार्फत थाहा पाउन सक्ने जनाइएको छ ।
‘हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर तत्कालीक रूपमा समायोजन गरिने प्रचलन छ । यसले यात्रुहरूमा पर्न सक्ने असुविधा प्रति हामी क्षमायाचना गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्