केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले

<span class='c1'>केपी ओली र रमेश लेखकलाई गलत</span> <span class='c2'>ढङ्गले पक्राउ गरियो : एमाले</span>

काठमाडौं । फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । बैठकमा एमालेका सांसदहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

तर एमालेका सांसदहरूले अटेर गरेपछि सांसद गुरु बराललाई बोल्न समय दिएका थिए । उनले संसदमा बोल्दै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरेको बताए । उनले भने, ‘आज देशमा संविधानको बर्खिलाप गतिविधिहरु भइरहेका छन् । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यसँग सम्बन्धित विषयको धारा १६ ले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक छ । म सरकारको ध्यानाकर्षण गर्दछु की अहिले देशमा जति घटनाहरु घटिरहेका छन्, यो घटनाहरु संवैधानिक रुपबाट उचित छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई फौजदारी कार्यविधि १८१ र ८२ लाई गलत ढंगले प्रयोग गरेर आज बन्दी बनाइएको छ । यो गम्भिर आपत्तिको विषय छ ।’

साथै उनले काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा सरकारले निर्मम दमन गरेको आरोप लगाए । उनले भने, ‘यो विषयलाई लिएर देशव्यापी विरोध प्रदर्शन भइरहेको छ, काठमाडौं लगायत विभिन्न ठाउँहरुमा शान्तिपूर्ण प्रर्दशन गर्दा आज सरकारले निर्मम दमन गरेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्