नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन

<span class='c1'>नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई</span> <span class='c2'>पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन</span>

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अध्ययनका लागि नेपाली कांग्रेसले गठन गरेको अध्ययन समितिलाई पूर्णता दिएको छ ।

बिहीबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदनको अध्ययन गरी राय, सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको छ ।

अध्ययन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल रहेका छन्। समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आर.सी.) तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन् ।

नेपाली कांग्रेसले आन्दोलनसँग सम्बन्धित घटनाको वस्तुगत अध्ययन गरी थप धारणा बनाउन समितिलाई जिम्मेवारी दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्