न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा हुनेछ : रवि लामिछाने

<span class='c1'>न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा</span> <span class='c2'>हुनेछ : रवि लामिछाने</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिमछानेले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले लेखकको पक्राउलाई प्रतिशोध र हतारको रूपमा व्याख्या गरिएको भन्दै न्याय पाउने पहिलो अधिकार र हतार शहीद परिवारलाई भएको बताएका छन् । उनले भने,‘गृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो । आफ्ना कलिला बालबालिका गुमाएका अविभावकलाई न्यायको हतारो होला नि । त्यति हरातो त कसैलाई छैन् होला नि ? त्यसैले न्याय पाउने पहिलो हक शहीद परिवारको हो । ,घाइते परिवारको हो । न्याय पाउने हक सबैलाई छ । राजनीतिक रुपमा लागेको कुरा पहिलो हक चाँही शहीद परिवारको हो ।’

उनले आफूहरू सार्वजनिक परीक्षण (पब्लिक अडिट) मा रहेको भन्दै नागरिकले सबै गतिविधि नियालिरहेको बताए । ‘हामी पब्लिक अडिटमा छौं । नागरिकले यसलाई हेरिरहनु भएको छ । हामीले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ,’उनले भने । नवनिर्वाचित सभामुखले आफ्नो अनुभवलाई व्यवहारमा उतार्दै संसदीय मर्यादा, नियमावली र अनुशासनको मापदण्ड पालना गर्नुपर्ने उनले जोड दिए । साथै, सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सिंगो सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता विपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालको व्यवहार अस्वीकार्य हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्