नोबेल मेडिकल कलेजमा एपिलेप्सी सर्जरी चौथो गोष्ठी आयोजना

<span class='c1'>नोबेल मेडिकल कलेजमा एपिलेप्सी</span> <span class='c2'>सर्जरी चौथो गोष्ठी आयोजना</span>

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले न्युरोसर्जरीको क्षेत्रमा भविष्य उन्मुख पहललाई अगाडि बढाउँदै “एड्भान्सेस इन एपिलेप्सी सर्जरी” सम्बन्धी चौथो गोष्ठी (सिम्पोजियम) आयोजना गरेको छ।

उक्त कार्यक्रममा नेपालका वरिष्ठ न्युरोसर्जन प्रो. डा. बसन्त पन्त प्रमुख अतिथि वक्ताका रूपमा सहभागी भई एपिलेप्सी सर्जरीका नवीनतम प्रविधि, चुनौती र सम्भावनाबारे आफ्ना अनुभव तथा विचार राखेका थिए।

कार्यक्रमकै अवसरमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसबीच एक समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ।


उक्त समझदारीले न्युरोलोजिकल उपचार सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

अस्पताल प्रशासनका अनुसार यस प्रकारका शैक्षिक तथा वैज्ञानिक कार्यक्रमले नेपालमा न्युरोसर्जरी सेवाको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्