इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल

<span class='c1'>इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन</span> <span class='c2'>प्रयोगमा संयम अपनाउनुपर्छ : डंगोल</span>

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन आपूर्तिमा सम्भावित चुनौती देखिएकाले महानगरका सवारी साधन प्रयोगमा संयम अपनाउनुपर्नेमा जोड दिइन् ।

आइतबार आयोजित ४८औँ नगर कार्यपालिका बैठकमा बोल्दै डंगोलले अहिलेको भूराजनीतिक अवस्थाका कारण अभाव र त्यसको प्रभाव विस्तारै देखिन थालेको बताएकी छन् । उनले इन्धनबाट सञ्चालन हुने गाडीहरूका लागि तोकिएको कोटा आधा गर्न, सकेसम्म विद्युतीय (इभी) सवारी साधन प्रयोग गर्न र अत्यावश्यक बाहेक अन्य अवस्थामा सवारी प्रयोग नगर्न अग्रह गरिन् । त्यसैगरी, उनले महानगरका सबै विभागलाई आफ्नो कार्यक्रम र त्यसमा भएको खर्चको विवरण नियमित रूपमा उपलब्ध गराउन अनुरोध गरिन् ।

बैठकमा काठमाडौंमा पार्किङ व्यवस्थापनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिइयो । उक्त कार्यदलले अध्ययन गरी आगामी बैठकमा प्रतिवेदन पेस गर्नेछ । डंगोलले पार्किङलाई निषेध गर्नु भन्दा व्यवस्थित बनाउनु आवश्यक रहेको उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्