नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

<span class='c1'>नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको</span> <span class='c2'>जवाफदेहीता सुनिश्चित गर्न माग</span>

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले नागढुंगा–मुग्लीन सडकखण्डको निर्माण ढिला र कम्जोर व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै सरकारसँग जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न जोडदार माग गरे।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तमाङले सडक निर्माण समयमा नै सम्पन्न हुने स्पष्ट कार्ययोजना आवश्यक रहेको र कडा अनुगमनको व्यवस्था हुनुपर्ने बताएका छन्। उनले ढिला–सुस्ति र समन्वयको अभावले जनताले दैनिक सास्ति भोग्नु परेको सुनाइन् । उनले भनिन्,‘पहिलो नागढुंगा–मुग्लीन सडकखण्ड राजनधानीसँग जोड्ने प्रमुख जीवनरेखा हुँदाहुँदै पनि निर्माण कार्य ढिला सुस्ति कम्जोर व्यवस्थापन र समन्वयको अभावका कारण जनताले दैनिक सास्ति भोग्दै आएका छन् । समयमा नै काम सम्पन्न गर्ने स्पष्ट कार्ययोजना ,कडा अनुगमन र जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछु ।’ त्यसैगरी, त्रिसुली नदी लगायतका नदीजन्य उत्खनन अव्यवस्थित र अनियन्त्रित भइरहेकाले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय जनतामा प्रत्येक्ष असर परेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्