विराटनगर । अस्ताउदै गरेको सुर्य हेर्ने ठाँउ सप्ताकोशीको किनारामा ‘कोशी पर्यटन महोत्सव २०८२ भोलीबाट सुरु हुने भएको छ ।
कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा पर्यटन मन्त्रालयले सुनसरीको वराहक्षेत्र ६ स्थित बोरावाध दक्षिण ठाकुरबारी छेउ कोशी किनारामा भोली चैत्र २५ गतेदेखी २७ गते सम्म हुने भएको हो ।

आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाएको छ ।
महोत्सवमा मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनुका साथै कार्यक्रम अवधिभर कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चरा अवलोकन, रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकन गराइने कार्यक्रम रहेको ‘कोशी पर्यटन महोत्सव २०८२ का संयोजक अंगत राईले जानकारी दिए ।

साँझको समयमा सास्कृतिक कार्यक्रम अन्तर्गत लाखे र धान नाच प्रस्तुत गरिनेछ भएको छ । महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ । त्यसपछि बोराबाँधसम्म ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदलगायत गतिविधि सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा नेपालका विभिन्न स्थान, भारतसहित तेस्रो मुलुकका पर्यटक तथा विशिष्ट अतिथिको सहभागिता रहनेछ । आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था गर्नै आयोजकले जनाएको छ ।
