लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण : तत्काल समाधानको माग

<span class='c1'>लापिलाङ पहिरोबारे सांसद खरेलको ध्यानाकर्षण</span> <span class='c2'>: तत्काल समाधानको माग</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकास्थित लापिलाङ क्षेत्रमा भइरहेको पहिरोको समस्या प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै उनले उक्त क्षेत्र विगत ७ वर्षदेखि पहिरोको उच्च जोखिम रहेको बताएका हुन् । ‘यस वर्ष वर्षा लागेसँगै सुरक्षाकर्मीहितको सैरनको व्यवस्था गरियोस । यो वर्ष तत्कालै भूगर्भविद् खटाएर पहिरो गएको ठाउँमा निराकरण गर्न गरियोस्,’ उनले भने ।

पहिरोको स्थायी समाधानका लागि तुरुन्तै भूगर्भविद् खटाएर अध्ययन गरी प्रभावित क्षेत्रमा आवश्यक निराकरणका उपाय लागू गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्