आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

<span class='c1'>आदिवासीमाथि भएको विभेद सच्याउन</span> <span class='c2'>सरकारसँग सांसद तामाङको माग</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे । सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।
उनले भने, ‘म यस्तो समुदायप्रति सदन र सरकारको ध्यान आकर्षण गर्दछु, जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पुर्खेली भूमि खोस्यो, मातृभाषा निषेध ग¥यो, हाम्रो धर्म र संस्कृति प्रति घृणा ग¥यो, राज्यसत्ताबाटै बञ्चित ग¥यो ।

त्यतिमात्र होइन ,राज्यले मासिन्य मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्न पाउने अधिकार छिन्यो । अझै पनि आदिवासीहरू त्यो उत्पीडित र विभेदको भारीबाट मुक्त भइसकेको छैनन् । म त्यही मासिने मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ ।’ उनले राज्यको तर्फबाट विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धन गर्न इतिहासको त्रुटि सच्याउन सरकारसँग माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्