रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण

<span class='c1'>रुवी कुमारीद्वारा दाइजो र</span> <span class='c2'>बेरोजगारीको मुद्दामा ध्यानाकर्षण</span>

काठमाडौं । श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारीले बुधबार प्रतिनिधिसभाको बैठकमा दाइजो प्रथा र बेरोजगारीसम्बन्धी गम्भीर समस्या औंल्याएकी छन् ।

उनले देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘देश तथा प्रदेशमा अहिले दाइजोको कारण धेरै जनताहरु, विशेष गरी महिलाहरु पीडित भैरहेका छन् । दाइजोका कारण महिलाहरु मर्न बाध्य भएका छन् । यसैले दाइजोमुक्त समाजको आवश्यकता छ ।’ यसैगरी उनले मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल रहेको बताइन् । उनले सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान हुन नसकेको गुनासो गरिन् ।

उनले भनिन्, ‘युवाहरु बेरोजगार छन् । मधेस प्रदेशमा युवाहरुको रोजगारको अवस्था धेरै नै जटिल छ । यसका साथै कृषकहरुको अवस्था पनि गम्भीर छ । सिँचाईको लागि पर्याप्त पानीको व्यवस्था हुनुपर्छ। सरकार परिवर्तन भए पनि दाइजो र कृषि सम्बन्धी समस्या अझै समाधान भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्