बिराट मेडिकल कलेजको एशोसिएट हस्पिटल डाइरेक्टरमा प्रा. डा. रोहितप्रसाद यादव नियुक्त

<span class='c1'>बिराट मेडिकल कलेजको एशोसिएट हस्पिटल डाइरेक्टरमा</span> <span class='c2'>प्रा. डा. रोहितप्रसाद यादव नियुक्त</span>

विराटनगर / विराट मेडिकल कलेज टिचिङ हस्पिटलले व्यवस्थापकीय नेतृत्व सुदृढ गर्ने रणनीतिअनुसार वरिष्ठ सर्जन प्रा. डा. रोहितप्रसाद यादवलाई एशोसिएट हस्पिटल डाइरेक्टरमा नियुक्त गरेको छ।

हस्पिटल सञ्चालक समितिको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारी दिइएको हो। यसअघि सर्जरी विभाग प्रमुखका रूपमा कार्यरत यादवले विभागीय नेतृत्वमा उल्लेखनीय सुधार, सेवा विस्तार तथा आधुनिक उपचार पद्धतिको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेका थिए।

लामो समयदेखि चिकित्सा सेवा, शिक्षण तथा अस्पताल व्यवस्थापनमा सक्रिय यादव अनुभवी सर्जन र कुशल प्रशासकका रूपमा परिचित छन्। उनले हजारौं बिरामीको सफल शल्यक्रिया गर्नुका साथै सेवा गुणस्तर अभिवृद्धिमा संस्थागत पहल गर्दै आएका छन्।

नयाँ जिम्मेवारीसँगै उनले अस्पतालको दैनिक प्रशासनिक सञ्चालन, उपचार सेवाको गुणस्तर सुधार, सेवा व्यवस्थापन प्रणाली सुदृढीकरण तथा दीर्घकालीन रणनीतिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।

नियुक्तिपछि प्रतिक्रिया दिँदै यादवले अस्पतालले गरेको विश्वासप्रति आभार व्यक्त गर्दै बिरामीमैत्री, गुणस्तरीय र विश्वसनीय सेवा विस्तारमा केन्द्रित रहने प्रतिबद्धता जनाए।

पूर्वी नेपालकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक मानिने बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले यादवको नियुक्तिले सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र प्रतिस्पर्धी बन्ने विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्