विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा भोलिदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटझ प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट विथआउट बाउण्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा प्रतियोगिता विराटनरको मेरिलेवोन ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुन लागेको हो ।
चैत ३० गतेसम्म हुने प्रतियोगिता कोशी र मधेश प्रदेशका ४ चार टिमको सहभागिता सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घानटनको दिन विराटनगर हब र एनसीएफ ११ वीच प्रतिष्पर्धा हुने भएको छ । सो दोस्रो खेल राजविराज हव र सिरहा हव विच हसने छ ।
प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोली एनसीएफ ११ र मधेस प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी हुनेछन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को नियम अनुसार टी–२० फरम्याटमा खेलाइने यस प्रतियोगितामा सहभागी सबै टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । लिग चरणको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।
कोशी प्रदेश क्रिकेट संघसँगको समन्वयमा आयोजना हुन लागेको यस प्रतियोगिताले महिला क्रिकेटको विकासमा सहयोग पुर्याउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल क्रिकेट फाउण्डेसनका बोर्ड सदस्य स्नेहा गुवाजुले जानकारी दिइन् ।
फाउण्डेसनले आफ्नो स्थापना कालदेखि नै समाजमा रहेको लैंगिक विभेद अन्त्य गर्न विभिन्न कार्यशालाहरू समेत गर्दै आएको उनले बताइन् । यसपटकको प्रतियोगितामा विराट मेडिकल कलेज टिचिङ हस्पिटल मेडिकल पार्टनरको रूपमा रहेको छ भने खेलको विस्तृत विवरणहरू अनलाइनमार्फत प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।