जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ

<span class='c1'>जेनजी आन्दोलनका क्रममा फरार भएका</span> <span class='c2'>थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ</span>

सर्लाही । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई सर्लाहीबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले मलंगवा नगरपालिका – ९ गोरखकाली क्षेत्रबाट २५ वर्षीय सुनिल बरहीलाई बिहीबार बिहान करिब ७ बजे नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मलंगवा नगरपालिका – १२ निवासी बरही भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा कारागार कार्यालय सिन्धुलीको पर्खाल फुटाई फरार भएका थिए। उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका फरार प्रतिवादी हुन्। सर्लाही प्रहरीका अनुसार २०७८ चैत २० गते साँझ मलंगवा – १२ का ८ वर्षीय बालक मिठु भन्ने आकाश कुमार ठाकुरको अपहरणपछि हत्या गरिएको घटनामा बरहीको संलग्नता रहेको छ । आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए ।

त्यसपछि बालकको घाँटी गम्छाले कसी हत्या गरिएको थियो। त्यसपछि शवलाई प्लास्टिकको बोरामा राखी छिमेकीको घरको शौचालयको सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका बरहीमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्