ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल

<span class='c1'>ओली र लेखकको प्रक्राउ सामान्य प्रक्रिया र कानुन</span> <span class='c2'>विरुद्ध भएको हो : वरिष्ठ नेता खनाल</span>

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विधि विरुद्ध, सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध भएको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको क्रममा बोल्दै उनले सरकारले राजनीतिक रुपले प्रतिशोध लिने कुनै पनि काम कारवाहीहरु गरेमा पार्टीले दृढतापूर्वक प्रतिकार गर्ने बताए । उनले भने,‘राजनीतिक रुपले प्रतिशोध लिने ढंगले कुनै पनि काम कारवाहीहरु हुन्छ भने हाम्रो पार्टीले दृढतापूर्वक प्रतिकार गछौं । केपी ओली र रमेश लेखकको पक्राउ विधिका विरुद्ध र सामान्य प्रक्रियाविरुद्ध र कानुन विरुद्ध गरिएको थियो । तथापी त्यसलाई सामान्यकरण गरियो ।’ त्यस्तै उनले सम्पति छानविनको लागि नेकपाका सम्पूर्ण नेताहरु तयार रहेको बताए । ४६ सालदेखिको मात्रै नभई ७ सालदेखि कै सम्पति छनाविन गर्नुपर्ने उनको माग छ । ‘सम्पति छानविनको लागि हाम्रो पार्टी एकदमै तयार छ । हाम्रो पार्टीको सबै नेताहरुको छानविन होस्, तर २०४६ साल यताका मात्र होइन् । जुजसुकै कालखण्डमा गलत ढंगबाट सम्पति जोडेका ७ सालदेखिकै सबैलाई छानविन गर्नुपर्छ ।उनीहरुलाई किन जोगाउँदै छ यो सरकारले ?,’उनले भने ।

त्यस्तै नेता देवेन्द्र पौडेलले पुराना दलरुहरुले केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने गलत भाष्य निर्माण भएको बताए । हिजोपनि ठूला नेताहरुले गल्ति गर्दा सजाए पाएको उदाहरण दिँदै उनले अहिले नै पुरानाले गरेनन् नयाँले गरे भनेर तुलना गर्ने बेला नआएको धारणा राखे । उनले भने, ‘फिल्महरुले जस्तै देश अगाडि बढ्छ जस्तो मलाई लाग्दैन् । पुराना दलरुहरुचाँही केही पनि नगरी यहाँसम्म आइपुगेको भन्ने मलाई लाग्दैन् । संविधान बनाए, व्यवस्था फेरिए, कतिपय सुशासनको क्षेत्रमा पनि काम गरे । कमि कमजोरीहरु गर्ने पुरानाहरुलाई पनि हिजो अख्तियार थियो । कारवाही पनि गर्दै आएको हो । हिजोपनि कतिपय ठूला नेताहरु दण्डको भागिदार हुँदै आएको हुन् । त्यसैले पुरानाले गरेनन् नयाँले गरे भनेर अहिले नै तुलना गर्ने बेला आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्