प्रहरी निरीक्षक राजु केसी खत्रीको सक्रियतामा लागूऔषध ओसारपसार नियन्त्रणमा सफलता

<span class='c1'>प्रहरी निरीक्षक राजु केसी खत्रीको</span> <span class='c2'>सक्रियतामा लागूऔषध ओसारपसार नियन्त्रणमा सफलता</span>

सिन्धुली । लागूऔषध ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले उल्लेखनीय सफलता हासिल गरेको छ ।प्रहरी निरीक्षक राजु केसी खत्रीको कुशल नेतृत्वमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा लागूऔषधसहित अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको हो।

मिति २०८२/१२/२८ गते कमलामाई नगरपालिका–९, वीपी राजमार्ग अन्तर्गत भिमान–चेकपोष्ट क्षेत्रमा सवारी साधन चेकजाँच तीव्र पारिएको थियो । सोही क्रममा लागूऔषध खोजीका लागि प्रयोग गरिएको तालिमप्राप्त ‘ड्रग डिटेक्टर’ कुकुरको सहयोगमा यात्रुहरूको शंकास्पद सामान परीक्षण गर्दा लुकाइछिपाइ राखिएको लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एक व्यक्तिबाट प्लास्टिकमा प्याक गरिएको करिब ३३.८०० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

त्यस्तै, छुट्टै घटनामा उदित नारायण राय अमातको साथबाट करिब ०.५३० ग्राम र मोरङ बेलबारी नगरपालिका–१० निवासी ३७ वर्षीय पदम बहादुर जोगीको साथबाट १२.६०० ग्राम लागूऔषध जस्तो देखिने पदार्थ समेत बरामद गरिएको छ । घटनासम्बन्धी आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राजु केसी खत्रीको संयोजन र नेतृत्वमा गरिएको यस अपरेसनले सिन्धुली जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्