बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत

<span class='c1'>बुद्ध एयरले यात्रुहरुलाई बार्षिक करिब १६ करोड</span> <span class='c2'>रुपैयाँको छुट प्याकेज दिन्छ : वस्नेत</span>

काठमाडौं । बुद्ध एयरले आफ्ना यात्रुका लागि नयाँ माइलेस सुविधा घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै अब बुद्ध एयरका सबै उडानका यात्रुले टिकट खरिद गर्दा माइलेस अंक पाउने व्यवस्था लागू गरिएको जानकारी दिएको हो ।

संस्थापक वीरेन्द्रबहादुर बस्नेतले कुनै यात्रुले नौं सय माइल बराबरको टिकट लिन्छन् र उनीहरुसँग पाँच माइल बाँकी छ भने त्यो माइल प्रयोग गरी अर्को टिकट खरिद गर्दा तुरुन्तै पाँच सय माइल बराबरको छुट पाउन जानकारी दिए । उनले आइतबारदेखि टिकट काट्ने र फ्रिक्वेण्ट प्लायरमा जो पहिलो पटक आवद्ध हुन्छन् उनीहरुले १०० पोइन्ट बोनस पाउने बताए ।

उनले वार्षिक करिब १६ करोड रुपैयाँ बराबरको छुट यात्रुहरूलाई उपलब्ध गराएको बताए । क्यास डिस्काउनको पनि प्रक्रियामा रहेको उनले बताए । उनले १ लाख ८५ हजार रोयल क्लब सदस्य रहेको उल्लेख गरे । बुद्ध एयरसँग रोयल क्लब मेम्बर आत्मिय सम्बन्ध रहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्