शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति : २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन

<span class='c1'>शासकीय सुधारमा स्वास्थ्य मन्त्रालयको तीव्र प्रगति :</span> <span class='c2'>२० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन</span>

काठमाडौं । नेपाल सरकारको शासकीय सुधार कार्ययोजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० दिनमै निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालन ल्याएको छ । मन्त्रालयले ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निःशुल्क स्वास्थ्य पोर्टल २० दिनमै सञ्चालनमा ल्याएर हो ।

उक्त पोर्टलमार्फत विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । हालसम्म १५ वटा अस्पतालले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउने विवरण प्रणालीमा समावेश गरिसकेका छन् ।

मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२ लाग’ गर्दै सेवा गुणस्तर उकास्ने पहल गरेको छ । देशभरका ३० वटा अस्पतालमा सरसफाइ, कर्मचारी उपस्थिति र गुनासो व्यवस्थापनका लागि फोकल पर्सन तोकिएको छ ।

जलनका बिरामीको प्रभावकारी उपचार सुनिश्चित गर्न ९ संघीय र १४ प्रादेशिक गरी २३ वटा अस्पतालमा सेवा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्