संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय

<span class='c1'>संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी</span> <span class='c2'>रूपमा निर्वाह गर्ने कांग्रेस निर्णय</span>

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने र सरकारका सकारात्मक काममा सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनमा कुनै सम्झौता नगर्ने जनाएको छ । बैठकले अभिव्यक्ति स्वतन्त्रता खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ भने सामाजिक सञ्जाल नियमनका नाममा नियन्त्रण नगर्न सरकारलाई सचेत गराएको छ ।

जुनसुकै ओहोदामा बसेका वा जिम्मेवारी सम्हालेका व्यक्ति भए पनि राज्यले कानुनी प्रक्रिया अनुसार अनुसन्धान गर्न खोज्दा सहयोग गर्नु आवश्यक छ भन्ने विषयमा नेपाली कांग्रेस स्पष्ट रहेको र सबैलाई सहयोग गर्न आग्रह गरिएको छ ।

बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ। गत भदौ २४ गतेका घटनाको पर्याप्त छानबिन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको गरेको छ । त्यसैगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणका लागि कर घटाउने, भ्याटमा सहुलियत दिने र विद्यार्थीलाई राहत दिन सरकारसँग आग्रह गरिएको छ ।

बैठकले भातृ संस्थासम्बन्धी र प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन पारित गरेको छ । यस्तै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्