बिराट्नगर महानगरपालिकाको अवस्था हेर्दा एउटा स्पष्ट विरोधाभास देखिन्छ। एकातिर यो सहर उद्योग, व्यापार र भौतिक विकासको केन्द्र बन्दै गएको जस्तो देखिन्छ तर अर्कोतिर दैनिक आवश्यक पर्ने तरकारीमै आत्मनिर्भर हुन सकेको छैन। बिराटनगरको सबैभन्दा ठूलो समस्या भनेको केसलिया र संघिय खोलाबाट हरेक वर्ष आउने बाढी हो। यस बाढीले खेतीयोग्य जमिन, बस्ती र सडक पूर्वाधारमा बारम्बार क्षति पुर्याउँछ। जबसम्म यो समस्या दीर्घकालीन रूपमा समाधान हुँदैन, तबसम्म बिराटनगरले वास्तविक अर्थमा विकासको गति लिन र आत्मनिर्भर सहरको रूपमा “कोल्टे फेर्न” सक्दैन।
उपलब्ध तथ्याङ्क अनुसार महानगरको कुल क्षेत्रफल करिब ७,७०६ हेक्टर (करिब ११,४०० बिघा) रहेको छ। यसमध्ये करिब २,२२० देखि ४,००० बिघा जमिन खेतीयोग्य रहेको अनुमान छ, र करिब २,०३५ बिघा जमिनमा सिंचाइ सुविधा पुगेको छ। यसको अर्थ, बिराटनगरसँग पर्याप्त कृषि सम्भावना अझै पनि बाँकी छ। तर यति हुँदाहुँदै पनि बिराट्नगर ले दैनिक उपभोगका तरकारीहरू धनकुटा , हिले, धरान हुँदै भारत सम्म निर्भर रहनु परेको छ। यसले देखाउँछ कि समस्या जमिनको अभाव होइन, व्यवस्थापन र प्राथमिकताको अभाव हो।
यस अवस्थाका मुख्य कारणहरू सजिलै बुझ्न सकिन्छ। पहिलो, तीव्र शहरीकरण हो। सहर विस्तार हुँदै जाँदा खेतीयोग्य जमिन क्रमश घर, सडक र उद्योगमा रूपान्तरण भइरहेको छ। यसले दीर्घकालीन रूपमा कृषि उत्पादन घटाउँदै लगेको छ। दोस्रो, महानगरपालिकाको विकास सोचमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको देखिँदैन। सडक, पुल, भवन पार्क टावर जस्ता देखिने विकासलाई बढी महत्व दिइएको छ, तर कृषि जस्तो दीर्घकालीन क्षेत्रलाई आवश्यक ध्यान दिइएको छैन। तेस्रो, किसानलाई आधुनिक तरकारी खेतीतर्फ आकर्षित गर्ने पर्याप्त प्रयास भएको छैन। आजको समयमा गृनहाउश फार्मिङ्ग,डृप इरिगेटन, ईम्प्रोबड सीड्स ,हाईड्रोपोनिक फार्मिङ्ग ,रुफ टप फार्मिङ्ग ,भरटिकल फार्मिङ्ग येस्ता धेरै प्रविधि प्रयोग गरेर सानो जमिनबाट पनि धेरै उत्पादन लिन सकिन्छ, तर यसका लागि तालिम, लगानी र प्राविधिक सहयोग आवश्यक हुन्छ, जुन अझै कमजोर छ र कशैले येशप्रति आज सम्म चाशो देखाको छैन ।
चौथो, बजार प्रणाली पनि एउटा ठूलो समस्या हो। स्थानीय किसानले उत्पादन गरे पनि उचित मूल्य पाउने ग्यारेन्टी छैन। बिचौलियाको प्रभाव धेरै भएकाले किसानले कम मूल्य पाउँछन्, तर उपभोक्ताले महँगो मूल्य तिर्नुपर्छ। त्यसमाथि भारत बाट सस्तो तरकारी सजिलै आयात हुने भएकाले स्थानीय उत्पादन प्रतिस्पर्धामा कमजोर हुन्छ। यसले किसानलाई निरुत्साहित बनाएको छ। यदि हामी सम्भावनालाई हेर्ने हो भने, स्थिति निराशाजनक छैन। अनुमान अनुसार बिराटनगरलाई पूर्ण रूपमा तरकारीमा आत्मनिर्भर बनाउन करिब १,८०० देखि ३,००० बिघा जमिन पर्याप्त हुन्छ। अहिले उपलब्ध खेतीयोग्य जमिन (२,२२०–४,००० बिघा) हेर्दा, यो लक्ष्य सजिलै हासिल गर्न सकिन्छ। यसको अर्थ, यदि सही योजना र व्यवस्थापन गरियो भने बिराटनगरले आफ्नै जमिनबाट आफ्नै आवश्यकता पूरा गर्न सक्छ।
यसका लागि केही स्पष्ट कदमहरू आवश्यक छन्। पहिलो, कृषि क्षेत्रलाई छुट्याउने नीति लागू गर्नुपर्छ, जसले खेतीयोग्य जमिनलाई अन्य प्रयोगमा जानबाट जोगाउँछ। दोस्रो, किसानलाई प्रोत्साहन दिनुपर्छ—जस्तै: अनुदान, सस्तो ऋण, बीउबिजन र प्रविधि सहयोग। तेस्रो, उत्पादनपछि बजारसम्म पुर्याउने प्रणाली सुधार गर्नुपर्छ—जस्तै: कलेकटन सेन्टर कोल्ड स्टोरेज र व्यवस्थित कृषि बजार। चौथो, बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक छ, किनकि बाढीले कृषि र विकास दुवैलाई असर गरिरहेको छ।
अहिलेको अवस्था हेर्दा, समस्या “सकिँदैन” भन्ने होइन, “प्राथमिकता दिइएन” भन्ने जस्तो देखिन्छ। स्थानीय तहले छिटो देखिने विकास (सडक, पुल, टावर) लाई प्राथमिकता दिएको छ, जुन आवश्यक भए पनि पर्याप्त होइन त्यो बिकाश हैन मानव बिकाश नै मह्त्वपुर्ण हो दीर्घकालीन रूपमा सहरलाई बलियो बनाउन खाद्य आत्मनिर्भरता झन् महत्त्वपूर्ण हुन्छ बिराट्नगर सँग तरकारीमा आत्मनिर्भर बन्ने पर्याप्त सम्भावना छ। आवश्यक जमिन पनि छ, पानीको स्रोत पनि छ, र बजार पनि छ। अब आवश्यक कुरा भनेको स्पष्ट सोच, दीर्घदृष्टि र ठोस कार्यान्वयन हो। येदि बिश्वका तरकारीहरु बैज्ञानिक तरिकले उत्पदन गर्ने प्रबिधिको माहनगरले जन्सक्ती उत्पादन गर्न ठोश कदम र कार्यक्रमहरु ल्याउनु पर छ । यदि सही नीति बनाएर प्रभावकारी रूपमा लागू गरियो भने, आज बाहिर निर्भर रहेको यो सहर भविष्यमा आफैं मात्र होइन, देशकै लागि उदाहरण बन्न सक छ ।। यस बारेमा मेयर र अरु जनप्रतिनिधिको के छ बिचार जवाफ चाइयो ?
हरि ॐ ।।