सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं

<span class='c1'>सभापति चयन भएपछि ढकाल भन्छन् : समितिमा</span> <span class='c2'>दल भन्दा बाहिर निस्केर बहसहरु गर्नेछौं</span>

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको समितिको बैठकले सांसद ढकाललाई सभापतिमा चयन गरेको हो । सभापतिमा चयन भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले समितिभित्र स्वभावमा काम गर्ने तथा प्रभावमा काम नगर्ने बताए । उनले समिति र सदन फरक भएकाले समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने बताए ।

उनले भने, ‘समितिभित्र स्वभावमा काम गर्ने प्रभावमा काम नगर्ने हो । समिति र सदन अलि फरक होला । सदनमा दलिय कुराहरु दलगत हिसावमा बहस होला । तर समितिमा दल भन्दा बाहिर निस्केर बहसहरु हुने गर्छ । त्यो अभ्यासलाई मान्यज्यूहरुको सिर्जनात्मक सुझावहरु र खबरदारीहरुलाई ग्रहण गर्ने । मेरो ३१ महिनाको अनुभव पनि छ । ति अनुभवहरुलाई पुरस्कृत गरेर लैजाने छु । यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्