इटहरीमा ‘हाम्रो बेकरी एकेडेमी’ सञ्चालन

<span class='c1'>इटहरीमा ‘हाम्रो बेकरी</span> <span class='c2'>एकेडेमी’ सञ्चालन</span>

विराटनगर । इटहरीमा ‘हाम्रो बेकरी एकेडेमी’ सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमकाबीच यस एकेडेमीको औपचारिक शुभारम्भ गरिएको हो। चारजना युवाहरुको संयुक्त साझेदारी लगानीमा इटहरी–६ बिपी चोकमा बेकरी संचालनमा ल्याइएको हो ।

पछिल्लो समय युवाहरू सीपबिना नै वैदेशिक रोजगारीमा जाँदा दुःख पाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो एकेडेमी स्थापना गरिएको हो। एकेडेमीले विशेषगरी वैदेशिक रोजगार तथा उच्च शिक्षाका लागि विदेश जान चाहनेहरूलाई लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको बेकरी तालिम प्रदान गर्ने संचालकको भनाई छ ।

सीप सिकेर विदेश जाँदा राम्रो आम्दानी हुने र स्वदेशमै बस्नेहरूका लागि पनि रोजगारी र स्वरोजगारको ढोका खुल्ने विश्वास सञ्चालकहरूले लिएका छन्। एकेडेमीले अनुभवी प्रशिक्षकहरूबाट प्रयोगात्मक कक्षा सञ्चालन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्