चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी

<span class='c1'>चलचित्र पत्रकार संघको</span> <span class='c2'>अध्यक्षमा पुनः बलामी</span>

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः समिर बलामी चयन भएका छन् । संघको शनिबार राती सम्पन्न १०औँ महाधिवेशनबाट बलामी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । उनी निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पछि पार्दै संघमा विजयी भएका हुन् ।

निर्वाचनबाट उपाध्यक्ष (संगठन)मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्ष (महिला) तर्फ दिपज्योति थापा छानिएकी छन् ।

संघको महासचिवमा गोपी कृष्ण चापागाई, सचिव पदमा मदन रिजाल छानिन सचिव ९समावेशी० तर्फ महम्मद जालिम निर्विरोध चुनिएका छन् । त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान, सह–कोषाध्यक्षमा अर्जुन गुरागाई विजय भए ।

संघको सदस्य पदमा ८ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाई, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन् । नयाँ कार्यसमितिले आगामी तीन वर्षका लागि चलचित्र पत्रकारिताको हकहित र उत्थानका लागि काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्