विराटनगरमा ‘राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिप’ आयोजना हुँदै

<span class='c1'>विराटनगरमा ‘राष्ट्रिय ३x३ बास्केटबल</span> <span class='c2'>च्याम्पियनसिप’ आयोजना हुँदै</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बिबिए ) को आयोजनामा आगामी वैशाख २६ र २७ गते विराटनगरमा ‘राष्ट्रिय स्तरको ३x३ बास्केटबल च्याम्पियनसिप' आयोजना हुने भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकास र विस्तारमा निरन्तर क्रियाशील यस एकेडेमीले युवा प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो भव्य प्रतियोगिता आयोजना गर्न लागेको हो।

प्रतियोगितामा देशभरका ४५ भन्दा बढी प्रतिस्पर्धी टोली र २०० भन्दा बढी खेलाडीहरूक सहभागिता रहने एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिनुभयो । FIBA ३x३ को आधिकारिक नियम अनुसार सञ्चालन हुने यस च्याम्पियनसिपले नेपाली बास्केटबलको इकोसिस्टमलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

विराटनगर वडा नं. ५ स्थित एभरेष्ट कलेजको खेल मैदानमा हुने यस प्रतियोगिताका लागि २ लाख नगद र ट्रफीहरू छुट्याइएको छ। प्रतियोगिताले तल्लो तह (ग्रास रुट) बाटै खेलाडीहरू उत्पादन गर्ने र युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्दै अनुशासन र टिमवर्क सिकाउने लक्ष्य राखेको छ।

एकेडेमीका अनुसार यस प्रतियोगिता मार्फत कोशी प्रदेशलाई खेलकुदको सक्रिय केन्द्र (एस्पट हब)को रूपमा चिनाउन र स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरको अनुभव प्रदान गर्न मद्दत पुग्नेछ। दुई दिनसम्म चल्ने यस खेलकुद महोत्सवलाई १ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र सामाजिक सञ्जाल मार्फत ५ लाखभन्दा बढीमाझ पुग्ने अपेक्षा गरिएको छ। यो प्रतियोगिता विराटनगरको खेल इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्