तीन वटा सवारी साधन ठोकिदा ३७ जना घाइते

<span class='c1'>तीन वटा सवारी साधन</span> <span class='c2'>ठोकिदा ३७ जना घाइते</span>

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तरगत गएराति साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यस पछि सोहि बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको हो ।

तीनवटा सवारी साधनमा रहेका जम्मा ६८ यात्रुहरुमध्ये ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचार गराएर तीन जना डिस्चार्ज भइसके पनि बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्