दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

<span class='c1'>दलित समुदायका प्रथम सगरमाथा आरोही</span> <span class='c2'>विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण</span>

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार स्वर्गीय घिमिरेको योगदान र साहसिक यात्राप्रति सम्मान व्यक्त गर्दै विभिन्न सरोकारवालाको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

नेपाल पर्वतारोहण संघले नक्सालस्थित आफ्नो कार्यालय परिसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा स्वर्गीय विश्वकर्माको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

सगरमाथा क्षेत्रमा वैशाख २७ गते भएको निधनपछि उनको सम्मानमा आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधि, आरोही, सामाजिक अभियन्ता, आफन्तजन तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उपस्थितहरूले घिमिरेले नेपाली पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान र दलित समुदायबाट सगरमाथा आरोहण गरेर स्थापित गरेको ऐतिहासिक उपलब्धिको स्मरण गरेका थिए ।

श्रद्धाञ्जली सभापश्चात् नक्सालबाट शवयात्रा सुरु भई पशुपति आर्यघाटसम्म पुर्याई अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । शवयात्रामा सहभागी भई स्वर्गीय आत्माप्रति श्रद्धासुमन अर्पण गर्न सबै शुभेच्छुक, आफन्तजन तथा सर्वसाधारणलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्