एभरेष्ट विद्यालयमा विद्यार्थी नेतृत्व पदभार तथा शपथ ग्रहण समारोह सम्पन्न

<span class='c1'>एभरेष्ट विद्यालयमा विद्यार्थी नेतृत्व पदभार</span> <span class='c2'>तथा शपथ ग्रहण समारोह सम्पन्न</span>

विराटनगर । विराटनगरस्थित एभरेष्ट विद्यालय मा विद्यार्थी पदभार ग्रहण समारोह सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न तहमा चयन भएका विद्यार्थी नेतृत्वकर्ताहरूलाई शपथ ग्रहण गराइएको थियो ।

विद्यालयले बालबालिकामा नेतृत्व विकास गर्ने उद्देश्यले कक्षाकोठामा मतदान प्रणालीमार्फत विद्यार्थी मोनिटर छनोट गरेको जनाएको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरी का अनुसार विद्यार्थीहरूमा सानैदेखि नेतृत्व क्षमता विकास गराउन यस्तो अभ्यास सुरु गरिएको हो ।


उनले प्रत्येक कक्षाबाट मतदान प्रक्रियामार्फत दुई जना विद्यार्थी छनोट गरिएको जानकारी दिए । जसमा एक जना नेतृत्वकर्ता र अर्को सह–नेतृत्वकर्ताको रूपमा चयन गरिएको उनले बताए । छनोट भएका सबै विद्यार्थी नेतृत्वकर्ताहरूलाई समारोहमार्फत शपथ ग्रहण गराइएको थियो । साथै ब्याच र प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।


विद्यालयले विद्यालय मोनिटर, क्याप्टेन, खेलकुद विभाग क्याप्टेन, हाउस क्याप्टेन लगायत विभिन्न समूहमा नेतृत्व चयन गरेको जनाएको छ । साथै विद्यार्थीहरूलाई आधारभूत तह र माध्यमिक तह गरी दुई समूहमा विभाजन गरिएको जानकारी दिइएको छ ।

माध्यमिक तहमा एक महिला र एक पुरुष गरी विद्यालय प्रमुख नेतृत्वकर्ता तथा सह–नेतृत्वकर्ताको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल टिकाराम पुरी, भाइस प्रिन्सिपल टीएन भण्डारी, कुन्दन पुरी लगायत शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्