आज कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना

<span class='c1'>आज कोसी, वाग्मती र</span> <span class='c2'>गण्डकीमा वर्षाको सम्भावना</span>

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेशसहित वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

यस्तै,  मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोसी प्रदेशको तराई क्षेत्रका एक/दुई स्थानमा पनि मेघ गर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मधेस र कोसी प्रदेशका तराई क्षेत्रमा हुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही भूभागमा तापक्रम बढ्न सक्ने सम्भावना पनि औँल्याएको छ ।

आज राति भने कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने जनाइएको छ । बाँकी पहाडी तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति नै कोसी प्रदेशका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रका केही स्थानमा हुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बद्ध सबैमा अनुरोध गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्