आजदेखि सुरु मलमास : शुभ कार्यमा रोक

<span class='c1'>आजदेखि सुरु मलमास :</span> <span class='c2'>शुभ कार्यमा रोक</span>

विराटनगर जेठ ३,

हिन्दु परम्पराअनुसार आजदेखि असार १ गतेसम्म मलमास (अधिकमास) सुरु भएको छ। विशेष धार्मिक महत्त्व बोकेको यो अवधि ‘शुभ कार्य निषेध’ समयका रूपमा लिइन्छ।

मान्यता अनुसार यस समयमा व्रतबन्ध, विवाह, पुराण वाचन तथा नयाँ तीर्थयात्रा जस्ता शुभ कार्यहरू गर्न निषेध गरिएको हुन्छ। तर नियमित व्रत, दैनिक पूजापाठ, मन्दिर दर्शन, नित्य कर्म, पास्नी, न्वारान तथा दैनिक उपभोगका सामग्री खरिदजस्ता कार्य भने गर्न मिल्ने विश्वास रहिआएको छ।

धार्मिक दृष्टिले मलमासलाई आत्मशुद्धि, साधना र भक्ति गर्ने उपयुक्त समयका रूपमा लिइन्छ। यस अवधिमा भौतिकभन्दा आध्यात्मिक क्रियाकलापमा ध्यान केन्द्रित गर्नुपर्ने धार्मिक विद्वानहरूको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्