नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विश्व क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन्।
उनी सबैभन्दा छिटो ओडिआईमा १५० विकेट लिने खेलाडी बनेका छन्। उनले ओडिआईको ७३ खेलमा उक्त रेकर्ड बनाएका हुन्।
उनले अष्ट्रेलियाको मिचेल स्टारको रेकर्ड तोडेका छन्। उनले ७७ खेलमा १५० विकेट लिएका थिए।