विराटनगरका ललित चम्केपछि १९४ रनमा समेटियो स्कटल्याण्ड

<span class='c1'>विराटनगरका ललित चम्केपछि १९४</span> <span class='c2'>रनमा समेटियो स्कटल्याण्ड</span>

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा समेटियो ।

स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधि ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल इंग्लिसले अर्धशतक पूरा गरे । उनी ७२ बलमा ५१ रन बनाए । जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओलीइ जोन्स २ र ओलीभर डेभिडसन ० रनमा आउट भए । ब्राड्ली करी ० रनमा अविजित रहे ।

बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । लामो समयपछि विकेटविहीन बनेका ललितले स्कटल्याण्डविरुद्ध ४ विकेट लिए । सन्दीप लामिछाने ३, नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्