विराटनगर जेष्ठ ५ ,
जोरा स्पोर्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक अमिर अख्तरले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरेका नेपाल प्रिमियर लिग सम्बन्धी सबै मुद्दा फिर्ता लिएका छन्।
सर्वोच्च अदालत, उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँमा दायर भएका मुद्दाहरू अब आपसी समझदारी र सहकार्यका आधारमा टुंग्याउने सहमति भएको हो।
अख्तरले खेल क्षेत्रको विकास र सुधारका लागि अदालत जानु बाध्यात्मक कदम भएको भन्दै अब सहकार्यको वातावरण बनेको उल्लेख गरेका छन्। राष्ट्रिय खेलकुद परिषदको पहललाई पनि उनले सकारात्मक रूपमा लिएका छन्।
उनले भविष्यमा पनि नेपाली क्रिकेट र समग्र खेलकुद विकासका लागि सहकार्य गर्दै बेथितिविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।