जीवन विकास अस्पतालमा अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा संचालनमा

<span class='c1'>जीवन विकास अस्पतालमा अत्याधुनिक एमआरआई</span> <span class='c2'>र सिटी स्क्यान सेवा संचालनमा</span>

विराटनगर । मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनले अत्याधुनिक एमआरआई तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याएको छ । अस्पताल परिसरमा शुक्रबार आयोजित एक कार्यक्रमबीच अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलले सेवाको औपचारिक उद्घाटन गरेका छन् ।

अस्पताल स्थापनाको एक वर्षमै अत्याधुनिक स्वास्थ्य उपकरण जडान गरेर सेवा विस्तार गरिएको अध्यक्ष मण्डलले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विश्वप्रसिद्ध जापानी कम्पनी जडान गरिएको हो।

अस्पतालले सिटी स्क्यानका लागि करिब साढे चार करोड रुपैयाँ तथा एमआरआई मेसिनका लागि करिब १० करोड रुपैयाँ लगानीमा ल्याएको अस्पतालले जनाएको छ । हाल २०० शय्याको अस्पताल सञ्चालनमा रहेको र दैनिक ६० देखि ७० जना बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्