लागुऔषध विरुद्ध मोरङ प्रहरीले टिकटक च्यालेन्ज गर्ने, विजेतालाई नगद ५० हजार

<span class='c1'>लागुऔषध विरुद्ध मोरङ प्रहरीले टिकटक च्यालेन्ज</span> <span class='c2'>गर्ने, विजेतालाई नगद ५० हजार</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सुरु गरिएको “लागुऔषध विरुद्धको महाअभियान २०८३” कार्यक्रमलाई सम्बोधन गर्दै मोरङ प्रहरी प्रमुख कवित कट्वालले प्रतियोगिताबारे जानकारी दिनुभएको हो ।

उहाँका अनुसार टिकटक प्रयोगकर्ताले “बढ्दो लागुऔषध विरुद्ध एकजुट हौँ” भन्ने सन्देश समेटिएको जनचेतनामूलक भिडियो तयार गर्नुपर्नेछ । अभियानलाई थप प्रभावकारी बनाउन र युवापुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता खुला गरिएको एसपी कट्वालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज जेठ १० गतेबाट प्रतियोगिता खुला गरिएको छ । यो महिनाभर भिडियो बनाउन सकिनेछ ।”प्रतियोगितामा उत्कृष्ट हुने सहभागीलाई नगद पुरस्कार प्रदान गरिने प्रहरीले जनाएको छ । प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुनेलाई १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले तयार गरेको भिडियो जिल्ला प्रहरी कार्यालय मोरङ मा पठाउन प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्