दाइजो र बालविवाहविरुद्ध सास रहुन्जेल लड्छु : उपसभामुख ठाकुर

<span class='c1'>दाइजो र बालविवाहविरुद्ध सास रहुन्जेल</span> <span class='c2'>लड्छु : उपसभामुख ठाकुर</span>

सर्लाही । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् । सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’मा आइतबार बोल्दै उनले विशेष गरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् । समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।

उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठुलो भूमिका खेलेको बताइन् । दाइजो दुवै परिवारका लागि अभिशाप बनेको उल्लेख गर्दै उनले यस्तो कुप्रथाको अन्त्य गर्न सबै तहबाट अभियान चलाउनुपर्ने धारणा राखिन् ।

उनले पछिल्लो समय किशोर किशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि चिन्ता व्यक्त गरिन् । अभिभावकको सुझावलाई गलत अर्थमा नलिन र आवेगमा निर्णय नगर्न युवापुस्तालाई आग्रह गरिन् ।

यस्तै, कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षा मार्फत मात्रै हटाउन सकिने बताइन् । उनले छोरी शिक्षित भए परिवार र समाज दुवै सबल बन्ने भएकाले छोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्