चर्को घाममा शीतलताको छहारी : रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

<span class='c1'>चर्को घाममा शीतलताको छहारी : रौतहट</span> <span class='c2'>प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम</span>

रौतहट । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाहिर निस्कनै पर्ने बाध्यता छ ।



नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र वा सामान्य सिफारिस बनाउन जिल्ला प्रशासन कार्यालय रौतहट आइपुग्ने वृद्धवृद्धा, नाबालक बोकेका आमाहरू र सर्वसाधारण नागरिक घण्टौँसम्म लाममा उभिन विवश थिए । चर्को घाम र पसिनाले निथ्रुक्क भिजेका सेवाग्राहीहरूलाई कार्यालय परिसरमा पालो पर्खेर बस्नु निकै कष्ट भइरहेको थियो ।
नागरिकको यही सास्ती र छटपटीलाई नजिकबाट नियालिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले अन्ततः एउटा सुखद र मानवीय निर्णय लिएको छ । सेवाग्राहीको यो कष्टलाई कम गर्न प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको विशेष निर्देशनमा कार्यालय परिसरको प्रतीक्षालयमा ठूलो क्षमताको कुलर जडान गरिएको छ ।
यो केवल एउटा मेसिनको जडान मात्र होइन, प्रचण्ड गर्मीमा भौंतारिएका नागरिकका लागि राज्यको तर्फबाट पाइएको शीतल छहारी बनेको छ ।

कुलर चल्न थालेपछि शीतलताको श्वास फेर्दै विवेक कुमार साहले भने, ‘यस्तो गर्मीमा लाममा बस्दा रिँगटा चल्थ्यो । तर आज चिसो हावा र पानीको व्यवस्था देख्दा लाग्यो, सरकारले हाम्रो दुःख बुझेछ ।’ मधेसका सरकारी कार्यालयहरूमा गर्मीको समयमा सेवाग्राहीले सास्ती खेप्नु यहाँको नियति नै बनिसकेको थियो । यस्तो अवस्थामा जिल्ला प्रशासन कार्यालय रौतहटले देखाएको यो संवेदनशीलताले नागरिक र राज्यबीचको सम्बन्धलाई थप न्यानो र आत्मीय बनाएको छ। यस कार्यलाई स्थानीयले एउटा उदाहरणीय र नागरिकमैत्री कदमका रूपमा प्रशंसा गरिरहेका छन् । प्रशासन स्रोतका अनुसार यो सुरुवात मात्र हो । आगामी दिनमा गर्मीकै कारण कुनै पनि नागरिकको स्वास्थ्यमा असर नपरोस् र सेवा प्रवाह अझ सहज होस् भन्नका लागि आवश्यकता अनुसार थप व्यवस्थाहरू गरिने प्रतिवद्धता समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्